काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई न्याय पाउने ठाउँबाटै अन्याय भएको बताएका छन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा स्थायी कमिटी बैठक सुरू गर्दै ओलीले न्याय पाउने ठाउँबाट अन्याय भएको भन्दै कति पनि नआत्तिएर जनतामा पार्टीका नीति र विचार लिएर जाने उदघोष गरेका छन् । उनले पार्टीको प्राथमिकता अब संगठन र संघर्ष रहेको उल्लेख गरेका छन् ।
‘हामीमाथि अन्याय भएको छ, तर हामी आवेश र उत्तेजनामा नआई जनतामा जानुपर्छ’, भन्दै ओलीले, ‘यो जनादेशले बनेको सरकार होइन, परमादेशले बनेको सरकार हो। हामी जनादेशबाट सरकारबाट बाहिरिनु परेको होइन ।’
कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा दश बुँदे सम्झौता, अदालतको फैसला र आगामी संघर्ष तथा संगठनका विषययमा छलफल हुने एजेण्डा रहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता
ओलीलाई सिंहदरवारभन्दा बालुवाटार नै प्यारो
ओली र देउवाबीच भेटवार्ता
ओली, देउवा र प्रचण्ड एकैठाउँमा