मोबाइल लुटपाटको आरोपमा तीन जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १३ : २५
मोबाइल लुटपाटको आरोपमा तीन जना पक्राउ

काठमाडौं । राजधानीको बौद्धबाट मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

वौद्द ईलाकामामा मोवाईल चोरी तथा लुटपाट भएको  गुनासोका आधारमा परिचालित प्रहरी टोलीले २० थान लुटिएको मोवाइल सहित ३ जना पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वाराको निजगढ रेगाबस्ती  वडा नं.४ घर भई हाल गोकर्णेश्वर बस्ने समिर तामाङ, निजगढनै घर भइ बौद्ध  बस्ने विरस मगर  र खोटाङको बतासे घर भई गोकर्णेश्वर  बस्ने भिम राई रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस