मकवानपुर । हेटौंडाबाट प्रहरीले २ सय ९ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार २ वटा ट्रकबाट त्यो परिमाणमा गाँजासहित तीन जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालका अनुसार बुधबार हेटौँडाबाट बारातर्फ जाँदै गरेको बिआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकलाई विषेश सूचनाको आधारमा चकजाँच गर्दा १६९ किलो लागूऔषध गाँजा बरामद भएको हो ।
डीएसपी रिमालका अनुसार उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने बर्ष ३० को रविन्द्र राय र सोही स्थान बस्ने ट्रकका सह–चालक बर्ष ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको हो । यस्तै बुधबार बिहान करिब ७ बजेको समयमा हेटौंडा–१९ नेवार पानीबाट ना ६ ख ३७४१ नं. को कन्टेनरमा लुकाई छिपाइ ल्याएको ४० किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सो सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्दा सो परिमाणमा लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ असार २०७८, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ