काठमाडौं । मान्छेको भित्री मनमा के छ, त्यो कुरा उसले बोलीबाट ब्यक्त गरिरहनु पर्दैन, उसका आनीवानी, हाउभाउबाट पनि बुझ्न सकिन्छ । अहिले निर्वतमान प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीलाई ठिक त्यस्सै गरी बुझ्दा हुने भएको छ । ओलीले सिंहदरवारमा ४७ महिनायता चाख्दैं आएको सत्ताको स्वाद मंगलबारबाट खोसिएको छ । आफुलाई कसैले हटाउन नसक्ने र आफु बाहेक संसदमा कसैको पनि बहुमत नपुग्ने, संविधानको धारा ७६ का हरेक उपधारा अनुसार प्रधानमन्त्री बने आफै मात्र बन्न सक्ने ओलीमा अहंम थियो ।
ओलीको त्यो अहंम र घमण्डलाई सर्वोच्च अदालतले नराम्रोसँग झापड लगाईदिएपछि त्यसबाट रन्थनिएका ओलीले अझै पनि त्यसवाट ब्यूँझिन सकेका छैनन् । त्यसैको पीडा उनले देखाउन छोडेका छैनन् । एमालेभित्रको आन्तरिक एकता जोगाउन उनी पक्षकै कतिपय नेताहरुले कसरत गरिरहेपनि ओलीले त्यसलाई टेरेका छैनन् । सत्ता छोडन पर्दाको पीडा उनले माधव नेपालप्रतिको आक्रोशमा ब्यक्त गरिरहेका छन् । नेपाल अझै पनि निर्णायक रहेपछि उनको आरोप नेपालप्रति छ । सरकारी निवास बालुवाटार छाडेर बुधबार बालकोटस्थित आफ्नै निवास पुगेका ओलीले नेपालमाथि गम्भीर आरोप लगाउँदै उनलाई एमालेमा कुनै ठाउँ नरहेको घोषणा गरेका थिए ।
नेपाल पनि ओलीसँग झुकेर जाने मनस्थितीमा छैनन् । राजनीतिक एजेण्डाका आधारमा नेपालको जित भएको छ । संख्यात्मक रुपमा र संगठनात्मक रुपमा ओलीको दबदबामा नेपाल समुह छिन्नभिन्न र कमजोर देखिएपनि एजेण्डाका हिसाबमा नेपाल समुह ओलीभन्दा बलियो देखिएका छन् । ओलीको असम्वैधानिक, निरंकुश र अधिनायकवादी चरित्रको नेपालले मुखतोड जवाफ दिएका छन् । उनले संसद जोगाउने, ब्यवस्था जोगाउने मूल्य र मान्यताको राजनीति गरेका छन् ।
ओलीको नेपाल प्रतिको यो बर्बराहट मात्रै भएको नेपाल समुहका नेताहरु बताउँछन् । ओलीको अभिब्यक्तिप्रति ओली समुहमै विवाद देखिएको छ । ओलीका लागि मात्रै पार्टी विभाजित बनाउनुपर्ने, सबैले चोट व्यहोर्नुपर्ने भन्ने हुदैन्, भन्दै ओली पक्षकै कतिपय नेताहरुले ओली शैलीको क्रमशः विरोध जनाउन थालेका छन् । केपी ओलीले बोलेको आधिकारिक हैन किनभने पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बसेको छैन् । यो गम्भीर विषय हो, त्यसकारण व्यक्तिले बोलेको कुरा फरक हो,’ एमालेकै ओली पक्षका नेता पृथ्वीसुब्बा गुरुडले भने ।
नेपाल निकट नेता विरोध खतिवडा भन्छन्, एजेण्डमा माधव नेपालको जित भएको छ । ओलीले नेपाल समुहका नेताहरु योगेश भटटराईलार्इ पहिले नै नेपाल समुहमा रहेपनि पहिले नै आफुतिर तान्ने र माधव नेपाल समुहलाई कमजोर बनाउन भूमिका खेलेका थिए । त्यसपछि उनले सुरेन्द्र पाण्डे, भीम आचार्य लगायतलाई पनि नेपाल समुहभित्रैबाट छुट्टाउने काम गरे । त्यसले पनि नेपाल समुहमाथी ओलीले दबाब बढाएका थिए । पछिल्लो पटक त झन ओलीले भीम रावललाई समेत अनेक आश्वासन दिएर नेपाल समुहबाट अलग्गाउने निक्कै प्रयास गरे । आफनो उत्तराधिकारी सम्म बनाउने आश्वासन पछि रावलले भने आफुलाई १८० डिग्रीको कोणमा बदले ।
त्यसपछि पनि रावलले माधव नेपाललाई ओलीसंग अब मिलेर जानुपर्ने, धेरै झैझगडामा मात्र रहन नहुने भन्दै भेटिरहेका छन् । तर नेपाल आफनो अडानमा अहिले पनि छन् । संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ । तर ओली त्यो बेलासम्म माधव नेपाल समुहका सबै नेतालाई आफुतिर तानेर नेपाललाई मात्रै अलग गराएर देउवालाई विश्वासको मत पुग्न नदिने रणनीतिमा जुटेका छन् । त्यही भएर उनले माधव नेपाललार्इ एमालेमा स्थान नरहेको भाषणबाजी दिन थालेका छन् । नेपाल निवास लक्षित गरेर ओलीले आफु निकटका युवा विद्यार्थीका नेताहरुलाई संर्घषको राणनीतिक कार्यक्रम तय गर्न निर्देशन नै दिईसकेका छन् ।
ओलीले आफ्नो पार्टी र सरकारमा टिक्न नसक्दाको नीजि संकटलाई राष्ट«को संकटका रुपमा परिभाषित गरेर पटक पटक संविधानमाथी नै धाबा बोल्ने काम गरे । त्यसमा माधव नेपालले डटेर सामना गरे । काँग्रेस, माओवादी केन्द्रलगायतका पार्टीहरुसँगै मिलेरै नेपालले ओली प्रवृतिको सँगसँगै सामना गरे । यसवाट ओली विछिप्त हुन पुगेका छन् । नेपालले गरेको असहयोग पछि ओली सत्ताबाट विमुख भएका छन् । सायद उनले यस्तो अवस्थाको परिकल्पना सायदै गरेका थिए होलान् । त्यही भएर उनले राजा बन्ने शैलीमा बालुवाटार छोड्दा आफनो गुटका मान्छेलार्इ जयजयकार गराउन लगाएर तामझाम देखाउन मात्रै खोजेनन, नेपालप्रति गद्दार सम्मको अभिब्यक्ति दिए ।
‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरूको घुसपैठ यस्तो भयो, पार्टीका कमजोर तत्व, विकाउ मालहरू प्रतिक्रियावादीका पछिपछि लागेर आफ्नै सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर पुगे, कहिले अदालत पुगे, माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरू । विश्वासघाती र अन्तरघाती तत्वहरूको पछाडि लाग्ने केही व्यक्तिहरूको हकमा कमीकमजोरी महसुस गर्दै पार्टीमा आएर काम गर्न चाहे मौका दिन्छौं, तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमी स्वीकार्ने कुनै ठाउँ छैन् । नेपाली जनताले माधव नेपालजस्ता राष्ट्रिय गद्दारलाई कुनै क्षमा गर्दैनन् ।’ ओलीले नेपाल प्रति कडा टिप्पणी गर्दै भने ।
ओलीको नेपाल प्रतिको यो बर्बराहट मात्रै भएको नेपाल समुहका नेताहरु बताउँछन् । ओलीको अभिब्यक्तिप्रति ओली समुहमै विवाद देखिएको छ । ओलीका लागि मात्रै पार्टी विभाजित बनाउनुपर्ने, सबैले चोट व्यहोर्नुपर्ने भन्ने हुदैन्, भन्दै ओली पक्षकै कतिपय नेताहरुले ओली शैलीको क्रमशः विरोध जनाउन थालेका छन् । केपी ओलीले बोलेको आधिकारिक हैन किनभने पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बसेको छैन् । यो गम्भीर विषय हो, त्यसकारण व्यक्तिले बोलेको कुरा फरक हो,’ एमालेकै ओली पक्षका नेता पृथ्वीसुब्बा गुरुडले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ असार २०७८, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता
ओलीलाई सिंहदरवारभन्दा बालुवाटार नै प्यारो
ओली र देउवाबीच भेटवार्ता
ओली, देउवा र प्रचण्ड एकैठाउँमा