यस्तो छ ओलीको बालुवाटार छोड्ने योजना

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, ०८ : १८
यस्तो छ ओलीको बालुवाटार छोड्ने योजना

काठमाडौं । ४७ महिना सरकारको नेतृत्वमा रहेर अझै पनि आफै सरकारमा बस्ने अतृप्त चाहाना राखेका एमाले अध्यक्ष केपी ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार छोडने भएका छन् । उनले खासमा हिजै वालुवाटार छोडन चाहेका थिए ।

आफुले बालुवाटार छोडेर आफनो नीजि निवास वालकोट जाँदा राजा महाराजाहरुले जस्तो जयजयकार गराउन लगाउने र आफना कार्यकर्ताहरुको भीडभाड प्रर्दशन गर्ने तयारीमा ओली छन् । त्यही कारण हिजो नै बालुवाटार छोड्ने उनको योजना आज विहान ११ वजेका लागि सरेको हो ।

उनी आफ्नै प्रचारबाजीमा रमाउने नेता हुन् । वरिपरि आफ्नै कार्यकर्ता , जम्मा गरिएका भीडभाड देखेर राजा महाराजाले झै आफ्नो मपाइत्व गराउन चाहने नेता हुन् । त्यही भएर पनि उनले हिजै महेश वस्नेत लगायतलाई आफुले बालुवाटार छोडदा वाटाभरी मान्छे उतार्न, जयजयकार गराउन र स्कटिड गराउन लगाउन निर्देशन दिएका थिए ।

त्यसपछि भने धेरै भन्दा धेरै मान्छे उतार्ने योजनाका साथ ओलीको वालुवाटार देखि बालकोट सर्ने योजना अहिले विहान ११ बाजेका लागि तय भएको हो । ओलीले यस अगाडी पनि पहिलो पटक प्रधानमन्त्री छोडेर वालकोट जादा पनि यसैगरी नाराजुलुस गराउन लगाएका थिए । अहिले पनि उनले मान्छे उतारेर प्रर्दशन गर्न खोजेका छन् । त्यसैमा रमाउँदै उनी वालकोट पुग्नेछन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भईसकेका छन् । देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए। ओली वालुवाटारमै थिए ।

प्रधानमन्त्री देउवाको सपथ ग्रहणमा समेत नगएर सामान्य राजनीतिक सस्कार समेत देखाउन चुकेका ओली असहष्णिु नेतामा गनिन्छन् । त्यही प्रवृति उनले देउवाको सपथ ग्रहणमा जादै नगएर देखाएका हुन् । 

ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्याउने तयारी गरेको छ। मंगलबार क्षितिज थेबेको नेतृत्वमा युवा संघले युथ फोर्स ब्युँताइएको थियो। त्यही युथफोर्सको स्कर्टिङ मा ओली वालकोट जान लागेका हुन् ।

दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्याउने कार्यक्रम रहेको युवा संघका इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य महेश बस्नेतले बताए।

स्कर्टिङका लागि ल्याउने मोटरसाइकल र गाडीमा तेलको ब्यवस्था गरिने भन्दै कार्यकर्तालाई सकभर धेरै भन्दा धेरै मोटरसाइकल र गाडीको स्कर्टिङ तयार पार्न वस्नेतले निर्देशन गरिसकेका छन् । कौशलटारदेखि बालकोटसम्म उनले ओलीलाई स्वागत गर्ने गरी सडकभरी मान्छे उतार्न पनि निर्देशन दिएका छन् ।