काठमाडौं । महान्यायाधिवक्ताको पद पाइयो भन्दैमा हैसियत पुग्छ कि पुग्दैन भन्ने नबुझी गयो भने के हुन्छ ? यसबारे सर्वोच्चको सोमबारको फैसलाले इतिहासमै पहिलोपटक जुडिसियल नोट (न्यायिक टिप्पणी) मार्फत छर्लङ्ग पारिदिएको छ ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्दै सर्वोच्चमा दायर रिटमाथि प्रारम्भिक बहसकै क्रममा महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलाशको गठनलाई लिएर दह्रो आपत्ति जनाएका थिए । फलतः सोमवारको फैसलामा महान्यायाधिवक्ता र सरकारी वकिलहरुको प्रस्तुतिलाई लिएर न्यायिक टिप्पणी नै जारी भयो ।
नेपालको न्यायिक इतिहासमा सरकारी वकिलबारे यस्ता टिप्पणी विरलै भेटिन्छन् । महान्यायाधिवक्ता भनेको सिंगो राज्यको प्रतिरक्षा गर्ने वकिल हो, जसलाई ‘फस्र्ट लयर’ पनि भनिन्छ ।
उनै ‘फस्र्ट लयर’ लाई अदालतको फैसलाले सबक सिकाएको छ । भनिएको छ, ‘महान्यायाधिवक्ताको बोली, बहस, तर्क, अशोभनीय रह्यो, ग्रहणयोग्य भएन ।’ यसबाट बुझिन्छ– ओलीले कस्ता सल्लाहकारहरुको टिम बनाउनुभएको रहेछ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३० असार २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार