काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालावाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् ।
मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाचएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् ।
जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगढा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुसरणीय भएछ भने बिडम्बना भन्नुपर्ला ।’ उनले यो फैसला इतिहासको कडीमा परिक्षित हुन भने बाँकी रहेको ओलीको भनाइ छ ।
आफू नेतृत्वको सरकारले देश र जनतको पक्षमा काम गर्दा ढलाइएको पनि ओलीको गुनसो छ । ‘एमालेको सरकार ढलाइयो, यो सरकार किन ढलाइयो भने सरकारले सार्वभौमसत्ताको पक्षमा काम भयो । विकासको पक्षमा काम गर्यो ।
जनतालाई राहत सुविधा पुर्याउने, अधिकार सम्पन्न बनाउने कुरामा काम गर्यो । यी दिशामा धेरै काम गर्यो । अरु त कुनै कारण छैन। ’ उनले भने । उनले सरकारमा नरहेपनि आफूले निरन्तर देश र जनताको पक्षमा काम गरिरहने पनि ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि