काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालावाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् ।
मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाचएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् ।
जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगढा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुसरणीय भएछ भने बिडम्बना भन्नुपर्ला ।’ उनले यो फैसला इतिहासको कडीमा परिक्षित हुन भने बाँकी रहेको ओलीको भनाइ छ ।
आफू नेतृत्वको सरकारले देश र जनतको पक्षमा काम गर्दा ढलाइएको पनि ओलीको गुनसो छ । ‘एमालेको सरकार ढलाइयो, यो सरकार किन ढलाइयो भने सरकारले सार्वभौमसत्ताको पक्षमा काम भयो । विकासको पक्षमा काम गर्यो ।
जनतालाई राहत सुविधा पुर्याउने, अधिकार सम्पन्न बनाउने कुरामा काम गर्यो । यी दिशामा धेरै काम गर्यो । अरु त कुनै कारण छैन। ’ उनले भने । उनले सरकारमा नरहेपनि आफूले निरन्तर देश र जनताको पक्षमा काम गरिरहने पनि ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी
विद्या भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न केपी ओलीले बनाए यस्तो रणनीति
एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसके : केपी ओली
पार्टीभित्रै एक्लिदै ओली !
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव