काठमाडौं । मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौँ उपत्यकामा आज भारी वर्षा भएको छ । निरन्तरको वर्षाले काठमाडौँको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँमा ६९.४ मिलीमिटर वर्षा भएको छ ।
राति देशभार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९.२ र न्यूनतम ताफक्रम २०.७ डिग्रि सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ असार २०७८, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरको बेलौरीमा भारी वर्षा
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह