तामाकोसीमा थप ७६ मेगावाट थपिँदै

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, ११ : २८
तामाकोसीमा थप ७६ मेगावाट थपिँदै

काठमाडौं । तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ ।आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागेको हो ।

यो महिनाको अन्त्यमा ७६ मेगावाट थपिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

भदौ अन्त्यसम्ममा छ वटै टर्वाइनबाट उत्पादित ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तीव्र रूपमा काम भइरहेको छ । असार २१ गते उद्घाटन भएलगत्तै ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

आफ्नै खर्चमा आयोजनाले हालै निर्माण सम्पन्न गरेको नेपालकै दोस्रो ठूलो २२०र१३२ केभी देवीटार सवस्टेसन हुँदै तामाकोसीको ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण सञ्जालमा जोडिने ओयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस