काठमाडौं । नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ ।
पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार चीन गएको नेपाल वायुसेवा निगमको जहाजले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो ।
चीनसँग नेपालले ४० लाख डोज खोप ल्याउन सम्झौता गरेको छ । जहाजमा खोप भण्डार क्षमता ८ लाख रहेकाले हाल यतिमात्र ल्याइएको मन्त्रालयले जनाएको छ ।
यता अमेरिकाबाट अर्को साता १५ लाख डोज खोप आउने भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले आउन लागेको खोप नेपाली जनताका लागि अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाएको छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २६ असार २०७८, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन