दार्चुलामा भीषण पहिरो, परिवारका दुईसहित तीन जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १५ : ३२
दार्चुलामा भीषण पहिरो, परिवारका दुईसहित तीन जनाको मृत्यु

धनगढी । दार्चुलाको नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । 

पहिरोले घर पुँरिदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको प्रहरीको भनाइ छ । नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । 

प्रतिक्रिया दिनुहोस