काठमाडौं । कम्युनिस्ट पार्टीको नेतृत्वमा विकास र समृद्धिको शिखरमा चढिरहेको चीनले हालै कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा भएको अवसरलाई विशेष रूपले मनाएको छ।
आफ्नो देशको विकास र समृद्धिको जस कम्युनिस्ट पार्टीलाई दिने गरेको चीनले मंगलबार विश्वस्तरीय राजनीतिक दलसम्बन्धी सम्मेलनसमेत आयोजना गरेको छ।
नेपालसहित एक सय ६० मुलुकका एक हजारभन्दा बढी नेता तथा प्रतिनिधिले भर्चुअल रूपमा सहभागिता जनाएको सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिन फिङले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका छन्।
लामो समयसम्म बाह्य विश्वसँग घुलमिल हुन नरुचाएको चीनले विश्व शक्तिका रूपमा उदाउँदै गर्दा आफ्नो भूमिका पनि परिवर्तन गर्न थालेको छ।
आर्थिक विकासका हिसाबले मात्र नभएर विज्ञान र प्रविधिमा समेत विश्व शक्ति भनिने अमेरिकालाई पछि पार्दै अघि बढिरहेको चीनले आफ्नै मुलुकबाट सुरु भई विश्वभर मानवीय संकटका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रणमा पनि महत्वपूर्ण सफलता हासिल गरेको छ।
कोरोना महामारीले शक्तिशाली भनिएका मुलुकसहित बाँकी विश्वको अर्थतन्त्र तहसनहस पार्दा चीनले आर्थिक वृद्धिदर धनात्मक बनाउन सफल भएको छ। विश्व शक्ति हुन आवश्यक लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासरत चीनले बाँकी विश्वसँगको व्यवहारमा पनि परिवर्तन गर्दैछ। जसले गर्दा चीन अहिले नै विश्व शक्तिका रूपमा सक्रिय हुन थालेको हो कि भनेर अनुमान गर्न थालिएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ असार २०७८, ०६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति