फेरि बढ्यो पेट्रोलको मूल्य

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, २१ : २१
फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो ।

पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसपटक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर बढाएको हो ।

प्रतिक्रिया दिनुहोस