काठमाडौं । कोभिड–१९ को महामारीका कारण इन्डोनेसियामा कम्तिमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरूको संगठन (पीइआरएसआई) ले सोमबार जानकारी गराएको छ ।
इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१ सम्म चलेको पहिलो लहरको कोभिड–१९ को सङ्क्रमणका कारण करिब ६० हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
पीइआरएसआईका महासचिब लिया गार्डेनिया पार्काकुसुमाका अनुसार मृतक स्वास्थ्यकमीमध्ये ४०५ जना सामान्य चिकित्सक, ४३ दन्त चिकित्सक, ३२८ नर्स, २५५ अन्य स्वास्थ्यकर्मी रहेका छन् ।
मे महिनामा ईद–उल–फित्रको लामो छुट्टी र अधिक संक्रामक डेल्टा भेरिएन्टमा प्रवेश गरेपछि इन्डोनेसियामा कोभिड १९ को महामारी बढेको थियो र अधिकांशस्वास्थ्यकर्मीको यही समयमा मृत्यु भएको हो ।
यसैबीच, कोभिड– १९ बाट स्वास्थ्यलाभ गर्ने स्वास्थ्यकर्मीहरूसँग आराम गर्न पर्याप्त समय छैन । उनीहरूले महामारीका कारण वृद्धि भएका विरामीको रेखदेख गर्न आफुले आराम पनि नगरी काममा फर्किनुपर्ने अवस्था रहेको परताकुसुमाले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २१ असार २०७८, २२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु