काठमाडौं । यसै साता चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाने भएको छ ।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको खोप ल्याउनको लागि निगमले एयरबस–३३० विमान चीन पठाउन लागेको हो । निगमले ३ चरणमा खोप ल्याउने प्रस्ताव गरेको छ ।
यसको लागि निगमको पहिलो कार्गो उडान काठमाडौं–बेइजिङ असार यसै साताको बिहीबार ९२४ असार०मा चीन प्रस्थान गर्ने उडान तालिका रहेको निगमले जनाएको छ ।
सो विमान २५ गते शुक्रबार खोप लिएर काठमाडौं अवतरण गर्नेछ । दोश्रो कार्गो उडान भने ३१ गते असार काठमाडौं–बेइजिङको लागि उडान भर्ने छ भने साउन १ मा विमान बेइजिङबाट काठमाडौंको लागि उडान भर्ने कार्यतालिका रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । कारोबार दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २१ असार २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप