काठमाडौं । कोरोना माहामारी बढेसँगै अन्य देशबाट आउने यात्रुको संख्या अष्ट्रेलियाली सरकारले आधा कटौती गर्ने भएको छ। नयाँ नियम अनुसार १४ जुलाईदेखि अष्ट्रेलियाले अब हप्तामा तीन हजार यात्रुलाई मात्र प्रवेश गर्न दिनेछ।
यो नियम अर्को वर्षसम्म लागू हुने जनाइएको छ। अष्ट्रेलियामा कोरोना संक्रमणको गति बढेको छ। जसका कारण यस हप्ता देशको लगभग आधा जनसंख्या क्वारेन्टिनमा बसेका छन्।
अष्ट्रेलिया आएका यात्रु होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ। तर, देशमा धेरै स्थानमा होटेलबाटै कोरोना संक्रमण फैलिएको बताइएको छ । अष्ट्रेलियाली सरकारले अर्को वर्षसम्म पूरौ नागरिकलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य राखेको छ। त्यही भएर सरकारले सीमा नाकामा कडाइ गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ असार २०७८, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण