काठमाडौ । काठमाडौं लगायतका सहरी क्षेत्रमा कोरोनाको नक्कली खोप विक्री वितरण भएको सूचना प्राप्त भएकाले स्वास्थ्य मन्त्रालयले सतर्क हुन सूचना जारी गरेको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी दिन आग्रह गरेको छ ।
सरकारले कोरोनाको खोपको निःशुल्क वितरण गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले नागरिकलाई ठगी हुनबाट जोगिन अपिल गरेको हो । यसैबीच, राष्ट्रिय उपभोक्ता मंचले पनि सोमबार विज्ञप्ति जारी गर्दै नक्कली कोभिड खोप विक्री वितरणमा संलग्नलाई कार्वाही गर्न माग गरेको छ ।
केही व्यक्तिहरुले पूर्वी नाकाबाट काठमाडौं लगायतका सहरी क्षेत्रमा कोभिडसिल्ड खोप भन्दै ३ देखि ५ हजारसम्म विक्री वितरण भएको सूचना आएकाले यस्तो कार्यबाट सतर्क हुन भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असार २०७८, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन