काठमाडौ । काठमाडौं लगायतका सहरी क्षेत्रमा कोरोनाको नक्कली खोप विक्री वितरण भएको सूचना प्राप्त भएकाले स्वास्थ्य मन्त्रालयले सतर्क हुन सूचना जारी गरेको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी दिन आग्रह गरेको छ ।
सरकारले कोरोनाको खोपको निःशुल्क वितरण गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले नागरिकलाई ठगी हुनबाट जोगिन अपिल गरेको हो । यसैबीच, राष्ट्रिय उपभोक्ता मंचले पनि सोमबार विज्ञप्ति जारी गर्दै नक्कली कोभिड खोप विक्री वितरणमा संलग्नलाई कार्वाही गर्न माग गरेको छ ।
केही व्यक्तिहरुले पूर्वी नाकाबाट काठमाडौं लगायतका सहरी क्षेत्रमा कोभिडसिल्ड खोप भन्दै ३ देखि ५ हजारसम्म विक्री वितरण भएको सूचना आएकाले यस्तो कार्यबाट सतर्क हुन भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असार २०७८, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह