काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्दै छ ।
आजको पदाधिकारी बैठक क्रियाशील सदस्यता छिटो टुंग्याउनेबारे केन्द्रित हुने कांग्रेसले जनाएको छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले उजुरीमाथि छानविन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असार २०७८, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल