काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागुऔषध प्रयोग र अवैध ओसारपासार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्र र समुदायस्तरको सामूहिक ऐक्यबद्धतासहित साझा सङ्कल्पको खाँचो रहेको औँल्याएका छन् ।
अन्तरराष्ट्रिय लागुऔषध दिवस २०२१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री पौडेलले नेपालको जनसाङ्खिक लाभको रूपमा रहेको युवा समुदायलाई लागुऔषध नियन्त्रणको अभियानमा सरिक गराउन दिवसले प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न युवा शक्तिको परिचालन अपरीहार्य रहेको समेत बताए ।
मानव जीवन र सभ्यतामा नकारात्मक असर प¥याउने लागुऔषध उत्पादन, बिक्री, वितरण, प्रयोग र प्रभावलाई निस्तेज गर्न संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भई जुन २६ अर्थात् आजकै दिन लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसरा विरुद्धको अन्तरराष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको छ । यसवर्ष दिवसको नारा लागुऔषधरहित परिवार स्वस्थ जीवनको आधार रहेको छ ।
संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागुऔषध प्रतिवेदन २०२१ अनुसार प्रयोगकर्ताको सङ्ख्या वर्षेनी बढ्दो क्रममा रहेको देखाएको छ । नेपालमा लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले वार्षिक औषत वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको देखाएको छ । मुख्यतः प्रयोगकर्ता युवा, किशोर र किशोरीका सङ्ख्या बढ्दै जानु चिन्ताको विषयमा भएको भन्दै गृहमन्त्री पौडेलले लागुऔषध सामाजिक र आर्थिक विकासका लागि ठूलो चुनौतीको रूपमा खडा भएको उल्लेख गरेका छ ।
“राष्ट्र विकासमा समाहित हुने युवाका ठूलो हिस्सा साथीभाइको सङ्गत, पारिवारिक समस्या र मनोसामाजिक समस्याका कारण दुव्र्यसनमा फसिरहेका छन् , यसले सामाजिक अपराध समेत बढाइरहेको छ”, सन्देशमा गृहमन्त्रीले बताएका छन् । उनले लागुऔषध दुरुपयोग तथा अवैध कारोबार नियन्त्रण गरी सभ्य समाज निर्माणमा उद्देश्यले गृह मन्त्रालयले यसको माग घटाउन सङ्कटापन्न क्षेत्रमा सचेतनामूलक तथा क्षमता विकास र सामाजिक पुनएकीकरणसम्बन्धीका विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
यसका साथै आपूर्ति नियन्त्रण, जोखिम न्यूनीकरण, अनुसन्धान र विकास तथा सहकार्य र साझेदारीका क्षेत्रमा समयानुकूल नीति तथा कार्यक्रम, रणनीति र योजना तयार पारी कार्यान्वयन गरिएको समेत मन्त्री पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १२ असार २०७८, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने
अब निर्माण व्यवसायीको बिल रोकिँदैन : अर्थमन्त्री पौडेल
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल