काठमाडौँ । नेपाल सरकारले राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति, समृद्धि र विकासलाई नै त्यसले विशेष जोड दिएको बताए ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सम्पादन एवं प्रकाशन गरेका चारवटा पुस्तक आज यहाँ विमोचन गर्दै उहाँले समानता, पारस्परिक लाभ र सम्मानका आधारमा स्पष्ट मार्गचित्रका साथ वर्तमान सरकारले बाह्य सम्बन्ध विस्तार गरिरहेको बताए ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको तथा त्यसै अनुरूप काम गरिरहेको पनि उनले बताए ।
मानव अधिकारको संरक्षण एवं प्रवद्र्धन, गरिबी, भोकमरी र जलवायु परिवर्तनका असर घटाउने, महामारी, आतङ्कवाद नियन्त्रण तथा विधिमा आधारित न्यायपूर्ण, समावेशी र निष्पक्ष विश्वव्यवस्था निर्माणका लागि सहकार्य, क्षेत्रीय सहयोग, शान्ति र सहकार्य प्रवद्र्धनलाई नै नेपालले परराष्ट्र नीतिको गन्तव्य बनाएको उहाँको कथन थियो ।
“नेपालको राष्ट्रिय हित र स्वार्थलाई सर्वोपरि राखेर बाह्य सम्बन्ध विस्तारलाई हामीले प्राथमिकता दिएका छौँ, नेपाल र नेपालीको उन्नयन, छिमेक सम्बन्धको सुदृढीकरण, सहकार्य, संवाद र साझेदारीबाट असमझदारीको अन्त्य गर्ने हाम्रो चाहना हो”, भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने तथा एउटाका विरुद्ध अर्को ‘कार्ड’ प्रयोग गर्ने नेपालको नीति कहिल्यै नरहेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले भने ।
‘वसुधैव कुटुम्बकम्’ अर्थात् धर्ती नै परिवार हो भन्ने मान्यताका साथ देशको परराष्ट्र नीति सञ्चालन भएको र त्यसले सामााजिकता, सहअस्तित्व, समन्वय, प्रेम र सद्भावलाई आत्मसात गरेको बताउँदै उहाँले कसैसँग वैरभाव नराख्ने तथा सबैसँग मैत्री कायम गर्ने सरकारको नीति दोहो¥याए । “वसुधैव कुटुम्बकम्को ऐतिहासिक मान्यतालाई राष्ट्रिय हितमात्र होइन, सार्वभौम समानता, न्याय र अन्तरराष्ट्रिय उत्तरदायित्वसँग पनि जोडिनुपर्छ ।
सबै सानाठूला सबै राष्ट्रका लागि विश्वमा शान्ति कायम गर्ने र साझा समृद्धिका लागि प्रयास केन्द्रित गर्नुपर्छ”, मानवजातिको कल्याण, विश्वशान्ति र आमविनाशका हातहतियारहित विश्वको पक्षमा नेपाल रहेको अभिमत प्रकट गर्दै प्रधानमन्त्री ओलीले भने । आणविक हातहतियारसहित सबै किसिमका शस्त्रास्त्रको निर्माण, सङ्कलन र सङ्ग्रहको विपक्षमा नेपाल रहेको उहाँले स्पष्ट गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ असार २०७८, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना