जनार्दनको साथ छोडेर नेकपामै समाहित भइन् अञ्चना विशंखे

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०८२, १६ : १७
जनार्दनको साथ छोडेर नेकपामै समाहित भइन् अञ्चना विशंखे

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य अञ्जना विशंखले जनार्दन शर्माको साथ छोडेकी छन् ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्दा विशंखे एकता प्रक्रियाबाट बाहिरिएका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको पत्रकार सम्मेलनमा देखिएकी थिइन् ।

तर, विशंखले आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडामा पुगेर नेपाली कम्युनिष्ट पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गर्ने कागजातमा हस्ताक्षर गरेकी पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय स्रोतले जनाएको छ ।

एकतामा असहमति जनाएका जनार्दन शर्मालाई साथ दिने तेस्रो बरियताको नेतामा विशंखे थिइन् । शर्माले पार्टीको पदाधिकारीबाट सचिव राम कार्कीले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस