काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने बताएका छन्। थापाले यो नै संविधानलाई सही मार्गमा ल्याउने एक मात्र बाटो भएको र यसमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका हुन्।
थापाका अनुसार, नेपाली कांग्रेस पार्टीले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा नै यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको छ। साथै, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पनि निर्वाचनमा जाने यही निर्णय गरेको छ।
उनले अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा देखिएको भनिएको अलमल फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा नभएको प्रस्ट पारेका छन्। थापाको भनाइ छ, ‘यस सन्दर्भमा हामी स्पष्ट छौँ।’
महामन्त्री थापाको जोड निर्वाचनअघि पार्टीको अधिवेशन गराउनुपर्ने विषयमा रहेको छ। उनको तर्क छ, ‘अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो।’
उनले पार्टीभित्रको छलफल र अलमल यही अधिवेशनको विषयमा मात्रै रहेको र निर्वाचनको बारेमा नभएको दाबी गरेका छन्। महामन्त्री थापाले नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग मात्र नलिने बरु यसलाई सफल पनि बनाउने भन्दै कसैले पनि यसमा अलमल नगर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी
कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
टिकट वितरणमा हात बाँधिएको छ, असन्तुष्टि बिर्सेर रुख चिह्न लिएर आउनेलाई जिताउनुस् : गगन थापा
टिकट बाँड्न गगन थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन
निर्वाचन आयोगले गगन थापालाई मान्यता दिने सूचना शुक्रबार दिउँसै देउवालाई थियो