काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने बताएका छन्। थापाले यो नै संविधानलाई सही मार्गमा ल्याउने एक मात्र बाटो भएको र यसमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका हुन्।
थापाका अनुसार, नेपाली कांग्रेस पार्टीले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा नै यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको छ। साथै, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पनि निर्वाचनमा जाने यही निर्णय गरेको छ।
उनले अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा देखिएको भनिएको अलमल फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा नभएको प्रस्ट पारेका छन्। थापाको भनाइ छ, ‘यस सन्दर्भमा हामी स्पष्ट छौँ।’
महामन्त्री थापाको जोड निर्वाचनअघि पार्टीको अधिवेशन गराउनुपर्ने विषयमा रहेको छ। उनको तर्क छ, ‘अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो।’
उनले पार्टीभित्रको छलफल र अलमल यही अधिवेशनको विषयमा मात्रै रहेको र निर्वाचनको बारेमा नभएको दाबी गरेका छन्। महामन्त्री थापाले नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग मात्र नलिने बरु यसलाई सफल पनि बनाउने भन्दै कसैले पनि यसमा अलमल नगर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा
गगन थापाले भने– सबैलाई मिलाएर लैजान्छु
क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगर्न गगन थापाको चेतावनी