काठमाडौं । सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ बाट गायक तथा अभिनेता प्रशान्त तामाङले बलिउडमा डेब्यू गरेका छन् ।
तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भैरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गरेका छन् जहाँ अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ ।
‘अब केही हुँदैछ । म साँच्चिकै उत्साहित छु । धन्यवाद सलमान खान सर’ प्रशान्तले सेटका फोटोसहित यस्तो क्याप्सन लेखेका छन् ।
यो फिल्मलाई सन् २०२६ को प्रतीक्षित फिल्म बताइएको छ । जुन १५, २०२० मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा फिल्म आधारित छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, १६ : ४०
लेखकबाट थप