काठमाडौं । माओवादी, एकीकृत समाजवादी लगायत दलहरुबीचको एकता प्रक्रियामा असहमति जनाउँदै अलग्गै पार्टी अभ्यासमा लागेका जनार्दन शर्मा थप कमजोर बनेका छन् ।
अलग पार्टी अभ्यासका क्रममा नेता शर्मासँगै उभिएर पत्रकार सम्मेलनमा देखिएकी र प्रगतिशिल अभियान चलाउने उदघोष गरेकी तत्कालिन माओवादीकी स्थायी समिति सदस्य अन्जना विसंखेले शर्माको साथ छोडिदिएकी छिन् ।
उनी आइतबारबाट एकीकृत पार्टी नेपाली कम्युनिष्ट पार्टीमै आवद्द हुन आईपुगेकी छिन् । ‘उहाँ (अन्जना जी) फेरि नेपाली कम्युनिष्ट पार्टीमै आबद्द हुन आईपुग्नुभएको छ,’ नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालयका एक सदस्यले सफलखबरसँग भने, ‘आइतबार उहाँ (अन्जना) पार्टी केन्द्रीय कार्यालय आउनुभयो । एकता प्रक्रिायमा सहभागी हुने बताउनुभयो । पार्टीको दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गर्ने कागजपत्रमा हस्ताक्षर गर्नुभयो ।’
तत्कालिन माओवादीभित्र शर्मालाई राम कार्की, अन्जना विसंखे र सुदन किराँती लगायत चिरपरिचित अनुहारले साथ दिएका थिए । विसंखेले शर्माको अहिले साथ छोडिदिइन् । उनले पार्टी नेता नारायाणकाजी श्रेष्ठसँग सम्वाद गरेपछि फेरि एकता प्रक्रियामा जोडिन पुगेकी हुन् ।
तत्कालिन नेकपा (माओवादी केन्द्र)मै हुँदा पार्टी संयोजक प्रचण्डसँग भेट गर्न नपाएकी भन्दै विसंखे असन्तुष्ट रहँदै आएकी थिइन् । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले जनार्दनहरु पनि कुनै न कुनै मोडमा नेपाली कम्युनिष्ट पार्टीमै धुव्रिकृत हुन आईपुग्ने बताएका छन् ।
‘जनार्दन जीहरु पनि कुनै मोडमा यही पार्टीमा आईपुग्नुहुन्छ,’ पुनले सफलखबरसँग भने । नेपाली कम्युनिष्ट पार्टीले अशोक राई नेतृत्वको पार्टी र सुदूरपश्चिममा नेता भीम रावलसाग पनि पार्टी एकताका लागि छलफल चलाईरहेका छन् ।
आइतबार रावलसँग नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले भेट गरेर छलफल गरेका थिए । रावलले नेपाली कम्युनिष्ट पार्टीमा सहभागी हुने विषयमा सकारात्मक जवाफ दिएका छन् । उनले एक साताभित्र यसबारेमा आफु निर्णय लिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा
जर्नादनलाई गृहजिल्लामै लाग्ने भयो झट्का !