रोहिंग्या आप्रवासी बोकेको डुंगा डुब्दा सातजनाको मृत्यु, ३०० बेपत्ता

एजेन्सी

सोमबार, २४ कार्तिक २०८२, ०८ : ५४
रोहिंग्या आप्रवासी बोकेको डुंगा डुब्दा सातजनाको मृत्यु, ३०० बेपत्ता

File Photo

एजेन्सी । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको  मलेसियाको समुद्री सुरक्षा विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।
 
मलेसियाको समुद्री सुरक्षा विभागका अधिकारी रोमली मुस्तफाका अनुसार, उद्धार टोलीहरूले आइतबार पाँच महिला र एक बालिकासहित सातवटा शव फेला पारेका छन् । टोलीले अहिलेसम्म १३ जनालाई जीवितै उद्धार गरेको छ ।
 
म्यान्मारको बुथिडाउङबाट आप्रवासीहरूलाई लिएर हिँडेको डुंगामा करिब ३०० मानिस सवार थिए । दुर्घटना तीन दिनअघि भए पनि पीडितहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको उत्तरी मलेसियाली राज्य केदाह र पेरिल्सका समुद्री प्रशासनका निर्देशक फस्र्ट एडमिरल रोमली मुस्तफाले  बताए ।

मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा चढाइएको र सीमानजिक पुगेपछि उनीहरूलाई साना–साना डुंगाहरूमा राखियो पाइएको छ । प्रत्येक डुंगामा करिब १०० जना थिए । सुरक्षा र निगरानी अधिकारीहरूको आँखा छल्न यस्तो गरिएको बताइएको छ । 

अन्य दुई डुंगामा सवार मानिसहरूको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । यी मानिसहरूको खोजी गरी उनीहरूलाई समुद्रबाट सुरक्षित निकाल्ने काम जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस