काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पार्टी दर्ताका लागि आवश्यक पर्ने थप कागजात लिएर निर्वाचन आयोग पुगेका छन् ।
वर्षमान पुन, राजेन्द्रप्रसाद पाण्डे लगायतका नेताहरू आइतबार निर्वाचन आयोग पुगेर थप कागजात बुझाएका हुन् ।
यसअघि यही २० गते नै नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन दिइसकेको थियो । विभिन्न १० वटा वाम दल र समूहसहितले पार्टी एकता घोषणा गरेका थिए ।
पार्टी एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको थियो । आज थप कागजात लिएर आयोग पुगेको नेताहरूले बताएका छन् । नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन् । साथै, थप पक्रिया अघि बढेको पनि बताएका छन् ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, १७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यरातमा नेपाली कम्युनिस्ट पार्टीले बुझायो आयोगमा समानुपातिक सूची
सरकारी टोलीद्वारा नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन
विराटनगरमा आज नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने
आज दाङको देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै
एमाले केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
नेपाली कम्युनिस्ट पार्टी गठनबारे आयोगलाई जानकारी