काठमाडौं । नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले शनिबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु
अफताब आलम प्रकरण : न्यायको आडमा अन्याय !