भारतमा नयाँ संक्रमित घट्दो क्रममा, पछिल्लो २४ घण्टामा ४२ हजार ६ सय ४० जना नयाँ संक्रमित थपिए

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १० : १२
भारतमा नयाँ संक्रमित घट्दो क्रममा, पछिल्लो २४ घण्टामा ४२ हजार ६ सय ४० जना नयाँ संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने क्रम जारी छ। पछिल्लो २४ घण्टामा ४२ हजार ६ सय ४० जना नयाँ संक्रमित फेला परेका छन्। यो बितेका ९१ दिन यताकै सबैभन्दा कम संख्या हो।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ८१ हजार ८ सय ३९ जना संक्रमणमुक्त भएका छन्। यस्तै २४ घण्टाको अवधिमा ११ सय ६७ जनाको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा २ करोड ९९ लाख ७७ हजार ८ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये २ करोड ८९ लाख २६ हजार ३८ जना संक्रमणमुक्त भएका छन भने ३ लाख ८९ हजार ३ सय २ जनाले ज्यान गुमाएका छन्।

अहिले भारतमा ६ लाख ६२ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। भारतले आफ्ना २८ करोड ८७ लाख ६६ हजार २ सय भन्दा धेरै नागिरकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।

प्रतिक्रिया दिनुहोस