काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ ।
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची नगरपालिकालाई रु दुई करोड तथा पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई रु ५०–५० लाख हस्तान्तरण गरेको थिए । काठमाडौँ महानगर र मेलम्ची नगरपालिकाबीच गत पुस २१ गते भगिनी सम्बन्ध स्थापना भएको थियो ।
बाढीग्रस्त क्षेत्रको अवलोकनपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले यो दुःखद् परिस्थितिमा काठमाडौँ महानगरले यहाँका स्थानीय बासिन्दाको घाउमा मल्हम लगाएको बताए ।
कामपा प्रमुख शाक्यले मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङ्पालसँग काठमाडौँ महानगरपालिकाको सम्बन्ध जोडिएको र यहाँको नदीको पानीबाट काठमाडौँबासी तिर्खा मेटाउन आतुर रहेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ असार २०७८, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह