काठमाडौँ । काठमाडौँ महानगरले यो वर्ष २० हजार भन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कानुन कार्यान्वयनको पहिलो वर्ष १३०००, दोस्रो वर्ष १९००० र यो वर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरी जम्मा २०,२८२ ले करिब २ अर्ब २५ करोड बराबर को छात्रवृत्ति पाएका हुन्।
नगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार यस शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ जस अनुसार १६९८० जनाले छात्रवृत्ति पाएका हुन्।
नगर प्रमुख साहका अनुसार केही विद्यालयले हाल सम्म विवरण बुझाएका छैनन् ।
उनीहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्दै मेयर बालेनले विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारवाही गर्ने बताएका छन् ।
साथै उनले प्राप्त भएको विवरणको पनि अनुगमन गरिने र फरक पाइएमा कानुन बमोजिम कारवाही हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र