काठमाडौँ । काठमाडौँ महानगरले यो वर्ष २० हजार भन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कानुन कार्यान्वयनको पहिलो वर्ष १३०००, दोस्रो वर्ष १९००० र यो वर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरी जम्मा २०,२८२ ले करिब २ अर्ब २५ करोड बराबर को छात्रवृत्ति पाएका हुन्।
नगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार यस शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ जस अनुसार १६९८० जनाले छात्रवृत्ति पाएका हुन्।
नगर प्रमुख साहका अनुसार केही विद्यालयले हाल सम्म विवरण बुझाएका छैनन् ।
उनीहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्दै मेयर बालेनले विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारवाही गर्ने बताएका छन् ।
साथै उनले प्राप्त भएको विवरणको पनि अनुगमन गरिने र फरक पाइएमा कानुन बमोजिम कारवाही हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट