काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोभिड–१९ सङ्क्रमित पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ ।
विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा ब्राजिलमा आउँदा दिनमा अझै थप गम्भीर स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी विज्ञले दिएका छन् ।
राष्ट्रपति जायर बोल्सोनारोले सामाजिक दूरीसहितका सावधानीका उपायहरु अस्वीकार गर्दै जाँदा ब्राजिलमा संक्रमण फैलिरहेको छ । ब्राजिलमा अहिलेसम्म मात्रै १५ प्रतिशत वयश्कहरुले पूर्णरुपमा खोप लगाएका छन् ।
ब्राजिलमा सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन गरेका प्रयासका पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ । यस सम्बन्धमा संसदले अनुसन्धान गरिरहेको छ । ब्राजिलमा कुल संक्रमितको संख्या एक करोड ७८ लाख ८३ हजारभन्दा बढि पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ असार २०७८, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु