काठमाडौं । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य द्रुत गतिमा सुधार भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको जानकारी दिएका छन् । ‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । अहिले अक्सीजन सपोर्ट निकालेर उपचार थालिएको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’, भट्टराईले भनेका छन् ।
आफूले पूर्वप्रधानमन्त्री खनालसंग प्रत्यक्ष भिडियो कुराकानी गरेको भन्दै उनले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा