काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गर्न लागिएको खोपको परिमाण, मूल्य र आपूर्ति हुने समयबारे निश्चित नभएको जनाएको छ ।मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै चीनको साइनोफार्मबाट खरिद गर्न लागिएको भनिएको मिडिया विवरणलाई गलत रहेको उल्लेख गरेको हो ।
‘चीनसहित विभिन्न मुलुकबाट खोप खरिद गर्ने प्रक्रिया अघि बढिरहेको छ’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘तर, खोपको मात्रा, मूल्य र आउने समय र अन्य विवरण पूर्णतः गलत छ ।’
बुधबार कोभिड संकट व्यवस्थापन निर्देशक समिति सीसीएमसीको बैठकपछि बालुवाटारबाट जारी वक्तव्यमा चीनबाट ४० लाख डोज साइनोफार्म खोप ल्याउने प्रक्रिया अघि बढेको जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, १८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन