कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीलाई एमालेले बुझायो १९ बुँदे मागपत्र

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, १३ : ५५
कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीलाई एमालेले बुझायो १९ बुँदे मागपत्र

सिमकोट । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट समावेशी बनाउन माग गर्दै कर्णाली प्रदेश सरकारलाई १९ बुँदे मागपत्र बुझाएको छ।

Yeti Diistillery Tansen Cement box

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मागपत्र बुझाउँदै आगामी वर्षको बजेटमा समेट्नुपर्ने विषयहरुमा एमालेले सरकारको ध्यानाकर्षण गरेको हो।

एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको टोलीले मुख्यमन्त्री शाहीलाई मागपत्र पेश गरेको हो।

मुख्यमन्त्री शाही र नेता कँडेल नेतृत्वको टोली बीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल समेत भएको छ।

प्रतिक्रिया दिनुहोस