सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ व्यवस्थापन बोर्ड गठन गर्ने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा स्याउको विकास र बिस्तारका लागि बोर्ड गठन गरिने बताएका हुन्।
बुधबार बसेको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले प्रदेशमा स्याउ, ओखर तथा सुन्तला विकास कार्यक्रमलाई विशेष कार्यक्रमका रूपमा सञ्चालन गर्ने बताएको छ ।
किवी, डराइगन, आँप, लिची, केरा लगायतका फलफूलमा दिगो प्रतिस्पर्धा तथा आत्मनिर्भर बनाउन कम्तीमा तीन वर्षसम्म बिरुवा सङ्ख्याको आधारमा प्रोत्साहन उपलब्ध गराउने नीति लिएको छ । त्यसका लागि एक गाउँ, एक व्यावसायिक फलफूल बगैँचा कार्यक्रम सञ्चालन गरिने छ ।
त्यस्तै कृषि रणनीतिक आयोजना कार्यान्वयन गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गरी कृषि उत्पादनमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । कृषिमा आत्मनिर्भर र निर्यातमा प्रोत्साहन गर्ने नीति लिइएको प्रदेश प्रमुख मियाँले बताए ।
पाँच हेक्टरभन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने किसानलाई कर्जामा व्याज अनुदान दिइने र दुई हेक्टरभन्दा बढी जग्गामा खेती गर्ने कृर्षक सहकारी र समूहलाई पनि अनुदान दिइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा धमाधम जिल्लाबाट योजना छानिँदै
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि
कर्णाली प्रदेश सरकारद्वारा छ करोड राहत रकम उपलब्ध
कर्णालीको बजेट बहुमतले पारित