ताप्लेजुङ । आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा किरिया बसेका आमासहित दुई छोरा घाइते भएका छन् ।
सोमबार बेलुकी ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ७२ वर्षीया चनमाया तथा छोराहरू ४९ वर्षीय दीननाथ र ३२ वर्षीय मदन सापकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पिता भगीरथ सापकोटाको सोमबार अन्त्येष्टि गरी किरिया बसेका उनीहरूले पानी तताउन ग्यास बालेका थिए । बेलुका ८ बजेतिर भुइँमा ओछ्याइएको परालमा सल्किएको र त्यसलाई निभाउने क्रममा उनीहरू घाइते भएको हुन् ।
पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि तीनै जनालाई झापाको मेची अञ्चल अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ जेठ २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि