ताप्लेजुङ । आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका–४ जोरसालमा किरिया बसेका आमासहित दुई छोरा घाइते भएका छन् ।
सोमबार बेलुकी ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ७२ वर्षीया चनमाया तथा छोराहरू ४९ वर्षीय दीननाथ र ३२ वर्षीय मदन सापकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पिता भगीरथ सापकोटाको सोमबार अन्त्येष्टि गरी किरिया बसेका उनीहरूले पानी तताउन ग्यास बालेका थिए । बेलुका ८ बजेतिर भुइँमा ओछ्याइएको परालमा सल्किएको र त्यसलाई निभाउने क्रममा उनीहरू घाइते भएको हुन् ।
पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि तीनै जनालाई झापाको मेची अञ्चल अस्पताल लगिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ जेठ २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी
रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति