काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोअनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।
महाशाखा प्रमुख डा .मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘प्रथम लहर र दोस्रो लहर अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ ।
दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृति शैयाको कम्तिमा कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ । साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्नुहुन अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता