काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो ।बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।
यसका साथै मन्त्रालयको आधिकारिक सूचना जानकारी नलिइ नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचार प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको र सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई जिम्मेवार बन्न सचेत गराएको छ ।
डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ ।नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी छ ।
तर डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ । डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ, 'नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन ।नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) , डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० जेठ २०७८, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन