काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले केन्द्रीय समितिका बैठक बोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । उनले अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था रहेको भन्दै अनाधिकृतरुपमा बैठक बोलाइएको सुन्नमा आएको भन्दै आपत्ति जनाएका हुन् ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु ।’
विज्ञप्तिमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन समेत सुचित गरिएको छ । नेपाल समूहले बिहीबार जुम प्रविधिमार्फत केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० जेठ २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश