मकवानपुर । मकवानपुरको रातोमाटेमा दुई वटा ट्रक ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा दुईवटा ट्रक ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने अर्का दुई जना घाइते भएका छन् ।
प्लास्टिकको सामान बनाउन मेसिन लोड गरेर बिरगंजबाट हेटौंडातर्फ आउदै गरेको ना ५ ख ५९६३ नम्बरको ट्रकले चामल लोड गरि सोही दिसाबाट आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए ।
मृत्यु हुनेमा अन्दाजी ३० र ३५ वर्षका ठक्कर दिने ट्रकको चालक र सहचालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनिहरुको पहिचान भने खुल्न सकेको छैन ।दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको क्रममा हेटौंडा–१ मा रहेको सन्चो अस्पतालमा मृत्यु भएको डिएसपी रिमालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ना ५ ख १८६४ नम्बरको ट्रक चालक बारा कोल्हवी–१० का ५० बर्षीय धुर्व चौधरी र सोही ट्रकका सहचालक रौतहट गजुरा –८ का २० बर्षीय बिकेस चौधरी घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० जेठ २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु