चालु धान सिजनका लागी चितवनमा रासायनिक मलको अभाव नहुने

साल्ट टेङिङ कर्पोरेसनले आफनो दायित्वको मल समय अगावै चितवन भित्र्याउदै

प्रकाश सिग्देल

बुधबार, १९ जेठ २०७८, १६ : २०
चालु धान सिजनका लागी चितवनमा रासायनिक मलको अभाव नहुने

चितवन । साल्ट टेडिङ् कर्पोरेसन चितवनले सहज रुपमा रासायनिक मलको बिक्री बितरण भईराखेको जनाएको छ । अहिले धानको बिउ राख्ने बेला भएको र यो बेला मलको माग धेरै नभएपनि अवको १ महिना पछि भने मलको माग ह्वात्तै बढ्ने र त्यसका लागी आफुहरुले मल ल्याउने प्रक्रिया सुरु गरिसकेको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताए । 

अहिलेको विशेष परिस्थितीमा समेत स्वास्थ्य सुरक्षा अपनाई  नुन र मलको बिक्री बितरण गरिएको दाहालको भनाई छ ।  कार्यालय बाट बिक्री वितरण हुदै आएको अनुदानीत रसायनिक मल सबै स्थानीय तहरुमा सहज आपुर्ति व्यवस्था र बिक्रेताहरुको सहजीकरणको लागि सम्वन्धीत स्थानीय तहको सिफारिसका आधारमा मल उपलब्ध गराउने गरेको दाहालले जानकारी दिए ।  आफनो कार्यालय बाट स्थानियतहलाई मलको मात्राको बारेमा जानकारी गराउने र त्यहि परिधिभित्र रहेर स्थानीय तहबाट सिफारिस भै आएको परिमाण कार्यालय बाट उपलब्ध गराउने ब्यवस्था मिलाई बिक्री वितरण गर्ने गरिएको उनकोे भनाई छ ।

अनुदानीत रसायनीक मल अत्यन्तै अभावको समयमा पनि आपुर्ति गर्न सफल भएको उनले बताए । कर्पोरेसनले ७८ सालको बैशाख मसान्त सम्ममा युरीया मल ७२ हजार ६० बोरा, डिएपी ३३ हजार ८ सय बोरा, र पोटास १४ सय ४५ बोरा, बिक्री बितरण गरीसकेको उनको भनाई छ । त्यसैगरी कर्पोरेसनले मुख्य बाली धानको सिजनको लागि असार महिनामा युरिया मल प्रयाप्त ल्याउने बताए । कर्पोरेसनलाई देशमा आपुर्ति हुने मलको ३० प्रतिशत मात्रको जिम्मेवारी प्राप्त भएको हुदा कृर्षकहरुले मागे जत्तिको परिमाण उपलब्ध गराउन नसकिएता पनि मुख्य मुख्य  समयमा मलको अभाव नहोस् भनेर समयमा नै मल ल्याउने प्रक्रिया थालेको उनकोे भनाई छ ।

कार्यालयले गैह्र अनुदानीत सिगल सुपर फस्फेट  र एमोनियम सल्फेट चिनी मल( समेत बिक्री बितरण गर्ने गरेको छ ।  मल बिक्रेताहरुले आफ्नो तोकिएको कार्यक्षेत्र भित्र मल बिक्री बितरण गर्न पाईने भएको हुँदा स्थानिय तहले तोकेकोे दर रेटमा बिक्रीबितरण गर्न र कृषकहरुले  मल खरिद गर्दा स्थानीय तहले तोकेको मुल्यमा मात्र खरिद गर्नको लागि दाहाले आग्रह गरे ।  

चितवनमा भरतपुर महानगरपालिकामा ४४, ईच्छाकामना गाँउपाालिकामा १, कालिका नगरपालिकामा ५, खैरहनी नगरपालिकामा १५ , माडी नगरपालिकामा १०, राप्ती नगरपालिकामा १४ र  रत्ननगर नगरपालिकामा २५ गरी ११४ बिक्रेताहरु नियुक्ती  भै सकेको र केहि बिक्रेताहरु नियुत्ती प्रक्रियाको क्रममा रहेको दाहालले बताए ।

कर्पोरेसनले यस भन्दा पहिला पनि कठिन समयमा  सहजरुपमा  नुन, चिनी, मल लगायत अत्यावश्यक खाद्य वस्तुको अभाव हुन नदिएको र उपभोक्ताहरुलाई कोरोना  भाईरसको संक्रमणबाट बच्न बिशेष सतर्कता अपनाउन अपिल पनि गर्दै आएको दाहालको भनाई छ । कार्यालयले सुपथ मुल्यमा खाद्य सामाग्री समेत बिक्री गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस