झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ ।
शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छ भने त्यति नै परिमाणमा बिक्री वितरणसमेत भइरहेको छ ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरेको छ । “चालु आवमा १२ हजार ९५३ मेट्रिक टन मल प्राप्त भएको छ भने गत आवको समेत कार्यालयमा ८७३ मेट्रिक टन मल मौज्दात छ”, उनले भने ।
शाखा कार्यालयको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५ मेट्रिक टन बिक्री वितरण गरिएको छ ।
हाल शाखामा युरिया एक हजार १०० मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिए । उनका अनुसार युरिया प्रतिबोरा आठ सय आठ रुपैयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार २५८ रुपैयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६५८ रुपैयाँ ५० पैसा र कृषि चुन प्रतिबोरा रु. दुई सय १५ मा बिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ पुस २०८२, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ रासायनिक मल आयातको अवस्था
सरकारसँग सवा लाख टन रासायनिक मल मौज्दात, २ लाख १८ हजार टन आउँदै
४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र
१५ लाख बोरा रासायनिक मल कोलकत्ता बन्दरगाहबाट धमाधम नेपाल भित्रिँदै
किसानलाई ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण