काठमाडौँ । नेपालमा हाल करिब १ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको सरकारले जनाएको छ।
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कुल ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ। सोमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई बिक्री वितरण गरिसकिएको उनले जानकारी दिइन्।
प्रतिनिधि सभा बैठकमा जानकारी दिँदै मन्त्री चौधरीले गोदाममा रहेको, देशभित्र भित्रिसकेको तथा गोदाममा अभिलेख प्रक्रियामा रहेको परिमाण जोड्दा हाल कुल मौज्दात १ लाख ४४ हजार ५८५ मेट्रिक टन पुगेको स्पष्ट पारेकी हुन्।
उनका अनुसार चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमार्फत उपलब्ध गराउने सरकारी लक्ष्य रहेको छ।
मन्त्री चौधरीले अन्तर्राष्ट्रिय परिस्थितिका कारण मल आपूर्तिमा समेत असर परेको उल्लेख गर्दै मध्यपूर्वमा देखिएको द्वन्द्वले आपूर्ति प्रणाली प्रभावित भएको बताइन्। उनका अनुसार हालसम्म १ लाख ८७ हजार मेट्रिक टन मल आयात हुन बाँकी रहेको छ।
त्यसैगरी भारतसँग सरकारी-सरकारी (जिटुजी) प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल खरिद गर्ने विषय मन्त्रिपरिषद्को स्वीकृतिपछि अघि बढाइएको पनि उनले संसद्लाई जानकारी गराएकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ जेठ २०८३, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग
हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने
यस्तो छ रासायनिक मल आयातको अवस्था
सरकारसँग सवा लाख टन रासायनिक मल मौज्दात, २ लाख १८ हजार टन आउँदै