काठमाडौं । हिजो सोमबारको मन्त्रीपरिषद्को बैठकले भारतसंग अव सरकार टु सरकार जिटुटीमार्फत मल ल्याउने बाटो खोलिदिएको छ । मन्त्रीपरिषद्को बैठकले ५ वर्षकालागि जिटुटीबाट प्रति वर्ष २ लाख मेट्रिक टन रासायनिक मल ल्याउन पाउन पाउने निर्णय गरेको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीकाअनुसार जिटुजीमार्फत ल्याइने मल कृषि सामाग्री कम्पनीले गर्नेछ । जिटुजीमार्फत मल ल्याउदा ग्लोबल टेन्टर भन्दा सस्तो हुनुपर्ने, क्वालिटीको हुनुपर्ने, क्राइसिस भएको बेला पनि आउनेगरि हुनुपर्नेछ । सचिव डा.कार्कीकाअनुसार अव भारतसंगमात्रै नभएर चीन, बंगलादेश, ओमन लगायतको देशसंग पनि जिटुजी गर्न सजिलो हुनेछ ।
‘अहिले पनि हामीसंग मल प्रसस्त छ’, सचिव डा.कार्कीले भने, ‘बन्दले गर्दा वितरणमा केहि समस्या भएपनि हामीसंग प्रसस्त रासायनिक मल भण्डारणमा छ । यो वर्ष मलको समस्या हुदैन ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग
१ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात
हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने
यस्तो छ रासायनिक मल आयातको अवस्था