काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरपक्ष सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनका लागि अन्तिम तयारीमा जुट्न जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गरिरहेका छन् ।
जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल हुन लागेको हो । जसपालाई ८ मन्त्रालय दिने समझदारी तय भएको स्रोतको भनाइ छ ।
८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरी जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य गर्न लागेको हो ।
जसपाको कार्यकारिणी समितिमा पनि ठाकुर पक्ष बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर पक्षका नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा