काठमाडौं । सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रभावित छ । अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले लकडाउन गर्दा यहाँ भएका सबै बसहरु बसपार्कमा थन्क्याएको कम्पनीमा आवद्ध सयौं बस व्यवसायी बैंकको व्याज तिर्न नसक्ने अवस्थामा छन् भने बसमा चालक र सहचालक भएर जिविका चलाइरहेका मजदूरहरु अहिले अलपत्र छन् ।
महाकाली यातायात बहुउद्देशीय कम्पनीका डम्बरदत्त पन्त बस व्यवसायीहरुको अर्बौको लगानी डुब्ने अवस्थामा पुगेकोप्रति चिन्तित छन् । “ गत असोजमा पहिलो चरणको कोरोना कहर सामान्य भएपछि केही दिन सीमित बसहरु सञ्चालनमा आए”, अध्यक्ष पन्तले भने, “ त्यो बेला पनि स्वास्थ्य सर्तकता अप्नाउदै बीस प्रतिशत यात्रुले मात्रै यात्रा गरेका थिए ।”
भारतसित सीमान जोडिएको कञ्चनपुरबाट महेन्द्रनगर– नयाँ दिल्ली, महेन्द्रनगर–हरिद्धार र महेन्द्रनगर–देहरादुन रुटमा चल्ने यातायात अझ बढी चौपट भएका छन् । कोरोना नियन्त्रणका लागि सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेयता यहाँबाट भारतका विभिन्न शहरहरुमा सञ्चालनमा रहेका बसहरु झण्डै २२ महिनादेखि बन्द छन् । “ महाकाली याातायातका मात्रै १९ वटा गाडी भारत चल्थे”, पन्तले भने, “ बैंकहरुले कर्जा असुली निरन्तरता दिँदा बस साहुहरु निकै तनावमा छन् ।”
महाकाली यातायातसँगै यहाँ रहेको पवनदुत र शुक्लाफाँटा यातायातको अवस्था पनि उस्तै कहालीलाग्दो छ । करिब सात सय भन्दा बढी सार्वजनिक यातायात रहेको कञ्चनपुरमा अहिले भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने यात्रुहरुलाई गन्तव्यमा पु¥याउन पाँच देखि सात वटा बस सञ्चालनमा रहेको अध्यक्ष पन्तको भनाइ छ । “ भारतबाट आउनेहरुमा सङ्क्रमणको दर उच्च हुँदा हाम्रा बस मजदूरहरु बिना भ्याक्सिजन जोखिम मोलेर गन्तव्यमा पु¥याउने काममा खटिएका छन्”, उनले,“बस मजदूरहरु पनि कोरोना भ्याक्सिन लगाउनमा राज्यको प्राथमिकतामा पर्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १४ जेठ २०७८, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
बाक्लो तुवाँलोले त्रिभुवन विमानस्थलमा उडान प्रभावित