धनुषा । विगत तीन दिनयता बढेको अत्याधिक चिसो र शितलहरका कारण जनकपुरधामसहित मधेसको जनजीवन प्रभावित बनेको छ । गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलवार देखि एकाएक चलेको चिसो हावा र गएराति शितको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महशुस गरिएको हो ।
विगत तीन दिनदेखि घाम उदाएको छैन । साथै शितलहर र सितको वर्षा पनि भइरहेको छ । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्याला,मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या भएको छ ।
स्थानीयहरु आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जनकपुरधाममा शुक्रवार न्युनतम ११ र अधिकतम २१ डिग्री तापक्रम मापन गरिएको छ । जारी शितलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईमा ह्वात्तै चिसो बढेपछि जनजीवन प्रभावित
चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
चिसोले सर्लाहीको जनजीवन कष्टकर
बाँकेमा चिसोले जनजीवन प्रभावित