काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बाँके स्थित भेरी अस्पतालमा चिकित्सक तथा नर्स माथि भएको आक्रमणलाई जघन्य अपराधको संज्ञा दिएका छन् ।
शुक्रबार बिहान सामाजिक संजालमा घटना प्रति प्रतिक्रिया व्यक्त गर्दै नेता शर्माले महामारीको समयमा अग्रपंक्तिमा खटिएका चिकित्साकर्मीमाथि बारम्बार आक्रमणको घटना भइरहेपनि सरकारले उनीहरूको सुरक्षा प्रति संवेदनशिल नभएको आरोप लगाएका छन् ।
उनले भनेका छन्–“महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध हो, उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ । दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस् ।”
उनले टिप्पणी गर्दै भनेका छन्–‘सत्ताको अराजकता सबैतिर फैलिन थालेको छ, म स्वास्थ्यकर्मीको साथमा छु ।’ कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा कार्यरत, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्दै तोडफोड गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ जेठ २०७८, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा