काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि आपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन् । सरकारमा सहभागी हुने विषयमा विवाद चर्किंदै गएपछि स्पष्टीकरण सोध्ने, निर्णय अवज्ञा गर्ने दुवै समूहले गरेका छन् ।
जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग ‘पार्टी निर्णय र हितविपरीत कार्य किन गरेको ? भन्ने खेलमा लागेका छन् । अर्काको नेतृत्वमा सरकार बनाउने र जोगाउने पछाडि लागेर आफ्नै दल विभाजन गर्ने खेल गरिएको छ ।’ जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।
पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही पूरा गर्नेक्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उनीहरू छन् । पार्टी निर्णयविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘प्रधानमन्त्री बनाउन हस्ताक्षर किन गरेको ? ‘प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर किन गरेको ? लगायत आरोप ठाकुर समूहले लगाउँदै यादवसँग स्पष्टीकरण सोधेको छ ।
तर, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव समूहले र देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडान राखेका छन् । ओली असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने, मधेसको माग सम्बोधन नगर्ने, निरंकुश भएकाले सहकार्य नहुने निष्कर्ष यादव समूहको छ ।
सो समूहले पार्टी निर्णय र नीतिविपरीत ओलीको ‘असंवैधानिक’ कदमलाई साथ दिएको तथा राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको आरोप लगाउँदै ठाकुरसँग स्पष्टीकरण सोधेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ जेठ २०७८, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै