इन्स्पेक्टर खड्का जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०८३, २२ : २९
इन्स्पेक्टर खड्का जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौँ । इन्स्पेक्टर सन्तोषकुमार खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स पिल्लरमा कार्यरत खड्कालाई जेठ महिनाभरि गरेको कामको आधारमा कार्यालयले उत्कृष्ट घोषणा गरेको हो ।

सूचना सङ्कलन र अपराध अनुसन्धानमा उत्कृष्टता प्रदर्शन गरेको मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट घोषण गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । इन्स्पेक्टर खड्का सूचना सङ्कलन, अपराध अनुसन्धान र भिड नियन्त्रणमा काबिल मानिन्छन् । 

प्रतिक्रिया दिनुहोस